पदीय मर्यादा विपरित काम गरेको आरोपमा मन्त्री पदबाट हटाईएका दीर्घबहादुर सोडारीलाई नेकपाले पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ।
नेकपा सुदूरपश्चिम प्रदेश कमिटिले साधारण सदस्य समेत नरहने गरी सोडारीलाई पार्टीबाट निष्कासन गरिएको प्रदेश कमिटिका एक पदाधिकारीले बताए।
माओवादीसंग पार्टी एकता हुनु अघि उनी एमाले कैलालीका अध्यक्ष थिए।
सोडारीले आन्तरिक गुटबन्दीका कारण आफूलाई पदबाट हटाइएको आरोप लगाएका छन्। उनी माधव नेपाल पक्षीय नेता हुन्। बर्खास्तीपछि उनले आफूलाई शुरुदेखि नै एउटा खेमाले खेदो खन्दै आएको बताए। सोडारीले भने त्यो खेमालाई मलाई मन्त्री बनाएकोमा रुष्ट हुँदै आएको थियो। उनको भनाईमा आफूबिरुद्ध अनेक षड्यन्त्र गर्दै आएको थियो।