सरकारले संविधान दिवसका दिन घोषणा गरेको मानपदवी, विभूषणलगायतका तक्माका लागि आवश्यक पर्ने हीरा, सुन र चाँदी किन्न मात्रै राज्यकोषबाट ९ करोड रुपैयाँ खर्च हुने भएको छ।
गृहमन्त्रालयले यसका लागि राष्ट्र बैंक र निजी कम्पनीसँग हीरा, सुन र चाँदी किन्न प्रक्रिया अघि बढाएको छ। अर्थमन्त्रालयबाट यस प्रयोजनका लागि ९ करोड रुपैयाँ आईसकेको गृहमन्त्रालयको विभूषण शाखाले जनाएको छ। राजधानी दैनकिमा खबर छ।