राष्ट्रपति विद्यादेवी भण्डारी मंसिर तेस्रो साता पोल्याण्ड जाने भएकी छन्।
संयुक्त राष्ट्रसंघद्धारा मंसिर १७ गतेदेखि १४ गतेसम्म पोल्याण्डको क्याटोवाइसमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारी त्यसतर्फ जाने कार्यक्रम तय भएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकाए छन्।
उनका अनुसार राष्ट्रपति भण्डारीले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री ज्ञवालीले दिएको जानकारी अनुसार सम्मेलनमा राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका सम्बन्धमा नेपालको धारणा राख्नेछिन्।
‘जलवायु परिवर्तनका कारण सबैभन्दा बढी जोखिममा हामी छौं। जलवायु परिवर्तनका कारण हामी केकस्तो जोखिममा परेका छौं, सो कुरा राष्ट्रपतिज्यूले सम्मेलनमा राख्नु हुनेछ’ मन्त्री ज्ञवालीले भने।