नेविसंघमा देखिएको विवाद समाधान तर्फ उन्मुख भएको छ । शनिवार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेलसहितका चार नेताले उठाएको विषय सम्बोधन गर्न पार्टी नेतृत्व तयार भएपछि नेविसंघको विषयलाई लिएर भएको विवाद समाधान उन्मुख भएको हो ।
नेविसंघमा ३२ वर्षे उमेर हद लगाउने निर्णयका विषयमा पौडेलसँगै प्रकाशमान सिंह, कृष्ण सिटौला र अर्जुननरसिंह केसीले फरक मत राखेका थिए ।
भोलि पुन बस्ने बैठकमा नेविसंघले पठाएको विधान पेश गर्ने र त्यसमा गर्नुपर्ने संशोधनका विषयमा निर्देशन दिने बताइएको छ । नेविसंघ कार्यसमितिको म्याद थपबारे भने अन्यौल कायमै छ ।