प्रदेश २ सरकारले मंसिर ५ गते (बुधबार) सार्वजनिक बिदाको घोषणा गरेको छ।
मुस्लिम धर्मावलम्बीहरुको विशेष दिन अर्थात पैगम्बर मोहम्मदको जन्म दिन परेकाले प्रदेश सरकारले प्रदेश २ मा बुधबार बिदा दिएको हो।
प्रदेश २ का आठवटै जिल्लामा उक्त दिवसका अवसरमा प्रदेश सरकारले बुधबार बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
दिवसका अवसरमा प्रदेश २ को सम्पूर्ण सरकारी कार्यालय, संस्थान र शिक्षालयमा विदा रहने मन्त्रालयका शाखा अधिकृत वसन्त न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।