प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले बजेट कार्यान्वयनका लागि चाहिने सबै संयन्त्र १५ दिनभित्र तयार गर्न निर्देशन दिएका छन् ।
प्रदेश मन्त्रालयका चौमासिक प्रगति समीक्षा कार्यक्रममा मंगलबार उनले अहिलेसम्म देखिएका समस्या समाधान गरी बजेट कार्यान्वयनका लागि आधारभूत संरचना तयार गरेर अघि बढ्न सम्बन्धीत मन्त्री तथा सचिवलाई निर्देशन दिएका हुन।
मुख्यमन्त्री पोखरेलले बजेट कार्यान्वयनका लागि आवश्यक पर्ने डिभिजन, निर्देशनालय, कार्यविधि, निर्देशिका र कर्मचारीको व्यवस्थापन तोकिएको समयसीमाभित्र व्यवस्थापन गर्न पनि निर्देशन दिए ।
वैकल्पिक उपाय अवलम्बन गरेर भए पनि बजेटको प्रभावकारी कार्यान्वयनका लागि आधारभूत आधार तयार गर्नुपर्नेमा जाेड दिए ।