सभामुख कृष्णवहादुुर महराले चाँडोभन्दा चाँडो संसदको हिउँदे अधिवेशन बाेलाउनेगरी तयारी भइरहेको बताएका छन् ।विराटनगर विमानस्थलमा साेमबार संचारकर्मीसंग कुरागर्दै उनले पुषको पहिलो हप्ताभित्र संसद अधिवेशन बाेलाउनेगरी छफलफल अघि बढेकाे बताए ।संसद अधिवेशन बाेलाउने विषयमा प्रधानमन्त्रीसंग समेत छलफल भइरहेको सभामुख महराले बताए ।
उनले आगामी फागुन महिनाभित्र संविधानसंग बाझिएका ३ सयभन्दा बढि कानून संशोधन एंव परिमार्जन गर्नुपर्ने समय सिमा रहेकालेपनि अधिवेशन चाडो आव्हान गर्नुपर्नेमा जोड दिए ।
एक प्रश्नमा उनले सरकारको कामगर्ने दिशा स्पष्ट भएकाले प्रभावकारी रुपमा आफनो कामलाईपनि सरकारले अघि वढाउनुपर्ने बताए । सभामुख महराले पछिल्ला समयमा सरकारले गरेको महिला हिंसा बिरुद्धको अभियान र योगदानमा आधारित सामाजिक सुरक्षा कोषको कार्यक्रम लोकप्रिय रहेको दावी गरे ।
साथै उनले मुलुकमा संघियता कार्यान्वयनको चरणमा रहेकाले अब संघियता कार्यान्वयन हुँदैन भन्ने कुरा भ्रम मात्रै भएकाे बताए । उनले संघियता कार्यान्वयन जटिल विषय भएकाले अरु देशको तुलनामा नेपालमा सघियता कार्यान्वयन प्रक्रियाले चाँडै गति लिएको दावी गरे।