प्रधानमन्त्री केपी ओलीले बुद्धिजीवीहरुलाई थला पार्ने चेतावनी दिएका छन्।
एसिया प्यासिफिक सम्मेलनका क्रममा युनिभर्सल पिस फेडेरेसनबाट एक लाख डलरको पुरस्कार लिएपछि आइरहेका विभिन्न टिक्काटिप्पणीको प्रतिबाद गर्दै नेपाल टेलिभिजनबाट बुधबार राति प्रशारित जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूमाथि असभ्य र तल्लोस्तरको टिप्पणी भएको भन्दै बुद्धिजीवीहरुलाई यस्तो चेतावनी दिएका हुन्।
कार्यक्रममा प्रधानमन्त्रीले ओलीले भनेका छन्, ‘कुनै–कुनै बुद्धिजीवीको टिप्पणी अत्यन्तै असभ्य, तल्लोस्तरको देख्छु। त्यस्ता बुद्धिजीवीहरुलाई एक पटक पहिले मसँग सञ्चारमाध्यममा आउनुभन्दा अगाडि जवाफ दिदा उहाँहरु थला पर्ने सम्भावना हुन्छ। त्यसकारण म उहाँहरुलाई थला पार्न चाहन्नँ।’
आफूले ती बुद्धिजीवीहरुलाई जोनेको र वादविवाद अथवा आफूसँग सत्यहरुको सम्बन्धमा बहस गर्न इच्छाएको हो कि हैन भनेर उनले प्रश्न गरेका छन्। कार्यक्रममा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘असभ्य ढंगले टिक्काटिप्पणी गरिरहँदा त्यसमा भएका अलिकति असलियत बाहिर आउँदा उहाँहरुको हालत के हुन्छ,त्यो विचार गर्नुपर्ने हो।’
भिडियाे हेर्नुस्: