राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन पूर्व प्रहरी परिषदको केन्द्रीय कार्य समितिको बैठकले एशिया प्यासिफिक समिटमा सरकारको संलग्नता, सहयोग र सक्रियताप्रति ध्यानाकषर्ण भएको जनाएको छ ।
परिषदका अध्यक्ष हरिहर श्रेष्ठको अध्यक्षतामा बसेको वैठकले एक लाख डलर र सुनको तक्माको लोभमा मात्र नभएर नेपालको पहिचान हिन्दुत्व समाप्त पार्ने ग्राण्ड डिजाइनको एउटा रूप भएको विश्लेषण गरेको छ ।
त्यस्तै बैठकले हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि पार्टीले आगामी फागुन ७ गतेदेखि गर्ने आन्दोलनमा पूर्ण सहयोग गर्ने जनाएको छ ।त्यसका लागि पदाधिकारी तथा सदस्यहरूलार्इ शारिरिक, मानसिक र अर्थिक रूपमा तयार रहन निर्देशन दिइएको छ।