काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ।
नेपाल विद्यार्थी संघ पद्मकन्या क्याम्पस इकाई समितिले शुक्रबार बिहान निर्मला पन्तको न्यायका निम्ति सरकारलाई दबाब दिन आयोजना गरेको विरोध र्यालीपछि प्रधानमन्त्री ओलीको पुत्ला जलाएको हो।
बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाउन नसकेको भन्दै विरोध स्वरुप प्रधानमन्त्री ओलीको पुत्ला जलाइएको नेविसंघकी सहमहामन्त्री एवं पद्मकन्या क्याम्पस इकाई समितिकी सभापति साधना घिमिरेले जानकारी दिइन्।क्याम्पस इकाइ सभापति साधना घिमिरेको नेतृत्वमा क्याम्पसबाट निस्केको विरोध र्याली रत्नपार्क पुगेर बागबजारस्थित क्याम्पसको गेटमा आएर कोर्ण सभामा परिणत भएको थियो। कोर्ण सभापछि सरकारविरुद्ध चर्का नाराबाजी लगाउँदै प्रधानमन्त्री ओलीको पुत्ला जलाइएको थियो।
विरोध र्यालीमा झण्डै २०० भन्दा बढी नेविसंघका नेता तथा कार्यकर्ता सहभागी भएका थिए। विरोध र्यालीमा बझाइँ देउ मादल, कता छन् बादल?, भो भो समृद्धि कहिले न्याय चाहियो अहिले?, दुई तिहाई बहुमत मान्छे मार्न हो? लगायतका प्ले कार्ड हातमा लिएर नेविसंघका नेता तथा कार्यकर्ताहरुले सरकारविरुद्ध चर्को नाराबाजीसमेत गरेका थिए।