अमेरिकी अन्तरिक्ष संस्था नासाको इन्साइट ल्याण्डरले पहिलोपटक मंगल ग्रहमा हावाको उपस्थिति पत्ता लगाएको छ । इन्साइट सेन्सरले प्रतिघण्टा १० देखि १५ माइल (प्रतिसेकेन्ड ५ देखि ७ मिटर) हावा उत्तरपश्चिमबाट दक्षिण पश्चिम बगेको रेकर्ड गरेको हो । हावाको उक्त आवाजलाई शुक्रबार पहिलोपटक नासाले सार्वजनिक गरेको थियो ।
नासाको यो ल्याण्डर गत २६ नोभेम्बरमा मंगल ग्रहमा पठाइएको थियो । इन्पेरियल कलेज लण्डनका प्रमुख अनुसन्धानकर्ताले एक पत्रकार सम्मेलनमा सिस्मोमिटरबाट प्राप्त यो आवाज सुरुवाती १५ मिनेटको पहिलो डाटा भएको बताए । उनले यो आवाज झण्डा हल्लाउँदा निस्किएको जस्तै भएको बताए । मंगल ग्रहको भित्री तहको जानकारी अध्ययनका लागि इन्साइट ल्याण्डरलाई पठाइएको थियो । यसअघि सन् १९७६ मा पठाइएको नासाको भाइकिङ १ र २ ले पनि मंगल ग्रहमा हावा रहेको संकेत गरेका थिए ।
नासाले सार्वजनिक गरेको आवाज यहाँ सुन्नुहोस्