प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार देश विकास र समृद्धिको बाधक भएको बताएका छन्।
भ्रष्टचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस–२०७५ का अवसरमा आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्छु भन्ने कोही नभेटिने तर भ्रषटाचार भइरहने अहिलेको समस्या भएको बताए।
आफूले पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्ने छुट छैन भन्दै प्रधानमन्त्री ओलीले जनप्रतिनिधि, कर्मचारी र राजनीतितन्त्रले भ्रष्टाचार गर्दिन भन्ने संकल्प लिए बिचौलियाले मात्र भ्रष्टाचार बढाउन नसक्ने बताए।
प्रधानमन्त्री ओलीले भ्रष्टाचारीविरुद्ध कडा तवरवाट कारबाही अघि बढाउन आयोगलाई निर्देशन पनि दिए। सानोतिनो भ्रष्टाचार देखिने तर, ठूलाठूला भ्रष्टाचार नदेखिएको उल्लेख गर्दै उनले मान्छेले बुद्धिलाई कुठाउँमा प्रयोग गर्दा भ्रष्टाचार भएको जिकिर गरे।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नविनकुमार घिमिरेले योजनाहरुको सम्झौता गरेर काम नगर्ने ठेकदारहरुलाई नछोड्ने बताए।