नेकपाका चार सचिवालय सदस्यले शनिबार बैठक बहिष्कार गरेपछि पार्टीभित्र तरंग उत्पन्न भएको छ। लामो समयसम्म पनि आन्तरिक एकीकरण नटुंग्याएको, एकीकरणको विषयभन्दा अन्य विषय नै नेतृत्वको प्राथमिकतामा परेको, स्थायी कमिटी बैठक नबोलाएको तथा केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट नटुंग्याएको तथा पार्टी विधि र पद्धतिअनुसार नचलेको भन्दै असन्तुष्टि बढ्दै आएको छ।
शनिबार माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले बैठक बहिष्कार गरेका थिए। चारजनाले बैठक बहिष्कार गरेर निस्किएलगत्तै बसेको पाँच सदस्यीय बैठकले मंसिर २९ गतेका लागि स्थायी कमिटी बैठक बोलाएको छ।
सचिवालय सदस्य खनालले आफूहरूले बैठक बहिष्कार गरेपछि पार्टीमा तहल्का मच्चिएको बताए। अध्यक्षहरूले रोगीलाई भेट्न थालेका कारण शनिबारको बैठक ढिलो भएको र आफूहरूले बहिष्कार गरेपछि पार्टीभित्र तरंग फैलिएको खनालको भनाइ थियो। नागरिक दैनिकमा खबर छ।