नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेकपा नेतृत्वको सरकार ट्रेड युनियन कांग्रेसको बर्चश्व समाप्त पार्ने षड्यन्त्रमा लागेको बताएका छन्।
‘दुईतिहाइको नाममा सरकारले ट्रेड युनियन कांग्रेस आबद्ध कर्मचारीलाई छानीछानी दुःख दिन थालेको छ’ उपसभापति निधिले भने ‘सुनिदैंछ, कतिपय संस्थानको राजनीतिक नियुक्तिमा जानेहरुलाई पहिलो शर्त ट्रेड युनियन कांग्रेसलाई सिध्याउनु पर्दछ भनेर शर्त राखिएको पनि छ।’
नेपाल ट्रेड युनियन कांग्रेस नम्बर ३ प्रदेश समितिद्धारा प्रदेश नम्बर ३ का अध्यक्ष बिनोद कार्कीको ४५ औं पुण्य तिथीका अबसरमा राजधानीमा आज आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गदै कांग्रेस उपसभापति निधिले सरकारका यी र यस्ता प्रयासलाई असफल बनाउँदै ट्रेड युनियनकर्मीहरु अघि बढ्नुपर्नेमा जोड दिए।
ट्रेड युनियनको अधिकारका लागि नेपाली कांग्रेसले गरेको संघर्षमा स्व. कार्कीको योगदानको स्मरण गर्दै उनले परिवारजनको सहयोगीका रुपमा आफूहरु सधैं रहने प्रतिबद्धता जनाए।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्धय शिब हुँमागाई र रमा पौड्याल तथा नेपाल ट्रेड युनियन कांग्रेसका पूर्ब अध्यक्ष खिलानाथ दाहाल लगायतले ट्रेड युनियन अभियानमा कार्कीको योगदानको स्मरण गरेका थिए।
नेपाल ट्रेड युनियन कांग्रेस नम्बर ३ प्रदेश समितिका अध्यक्ष कार्कीको गाडी दुर्घटनामा परी निधन भएको थियो।