नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भ्रष्टाचारीहरुलाई कालो मोसो दल्न युवा विद्यार्थीलाई आह्वान गरेका छन् ।
सोमबार राजधानीमा भएको एक कार्यक्रममा उनले शिक्षा लगायत राज्यको हरेक निकायमा भ्रष्टाचार मौलाएको बताउँदै शिक्षा क्षेत्रबाट भ्रष्टाचार अन्त्यको सुरुवात गर्नुपर्नेमा जोडदिए। उनले भने,'सबै ठाउँमा अख्तियार चाहिदैन, भ्रष्टाचारी भेटे बाहिर निकालेर कालोमसो दल्दिए हुन्छ।'
सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै उनले दुखेसो समेत व्यक्त गरे। सबैभन्दा बढि राजनीतिक क्षेत्र भ्रष्टचारबाट आक्रान्त भएको उल्लेख गर्दै प्रवक्ता श्रेष्ठले नेपालमा राजनीतिक सफाई आन्दोलन जरुरी रहेको औंल्याए।
निजी शैक्षिक संस्थाहरुको नियगमन र नियन्त्रण गर्न जरुरी रहेको उनले प्रष्ट पारे। सार्वजनिक शिक्षाको गुणस्तर सुधार नगरे अहिलेको पुस्ताले धोका पाउने उनले बताए।