नेपाली कांग्रेसको केन्द्रीइ कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ।
पार्टी कार्यालय सानेपामा विहान ११ बजेपछि शुरु हुने केन्द्रीय समितिको बैठकमा नेपाली कांग्रेसको राजनीतिक प्रस्तावमाथि छलफल केन्द्रीत हुने छ। उपसभापति विमलेन्द्र निधिले पेश गरेको प्रस्तावमाथि केन्द्रीय सदस्यहरु छललफलमा सहभागी छन्।
यसैगरी राजनीतिक प्रस्तावमाथिको छलफल सकिएपछि महामन्त्री डा. शसांक कोइरालाले पेश गरेको प्रतिवेदनमाथि पनि छलफल शुरु हुने जनाइएको छ। महामन्त्री कोइरालाले महासमिति बैठकमा पेश गर्ने प्रतिवेदन छलफलका लागि प्रस्तुत गरेका छन्।
महासमिति बैठक मंसिर २८ देखि पुस ३ गतेसम्म काठमाडौंमा बस्दै छ।