रामजानकी विवाहोत्सवमा सहभागी हुन भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आइपुगेका छन्।
निजी विमानमार्फत उत्तर प्रदेशको राजधानी लखनऊबाट सोझै जनकपुर बिमानस्थलमा ओलिएका योगी त्यहाँबाट सिधैं जानकी मन्दिरमा आएका हुन्।
जानकी मन्दिरमा याेगी करिब २० मिनेट रहेका थिए। रामजानकी दर्शनपछि उनी मधेश भवन प्रस्थान गरेका छन्। दिवाभोजमा सहभागी भएपछि दिउँसाे बाह्रबिघामा आयोजना हुने सभालाई मुख्यमन्त्री योगी र प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले संबोधन गर्ने कार्यक्रम छ।
विवाहोत्सव कार्यक्रममा सहभागी भएपछि योगी आजै साँझ करिब पौने ६ बजे उत्तर प्रदेशको राजधानी लखनऊ फर्कने कार्यक्रम छ।
मुख्यमन्त्री योगीलाई विमानस्थलमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा सभामुख, उपसभामुख तथा मन्त्रिपरिषदको सदस्यहरुले गाजाबाजासहित स्वागत गरेका थिए।