प्रदेश ५ काे तेस्रो अधिवेशन सुरु भएको छ । प्रदेशसभा भवन प्रदेश पाच बुटवलमा बुधबार देखि सुरु भएको तेस्रो अधिवेशनमा प्रदेश सांसदहरुले प्रदेश सभाको सशक्त भूमिका लागि अन्तरप्रदेश परिषदको बैठकले गरेका निर्णयहरु कार्यन्वयनमा जोड दिएका छन् । प्रदेश सभाको भूमिका कमजोर हुँदै गएको जनताबाट गुनासो आइरहेको भन्दै सांसदहरुले संविधानले दिएको अधिकार क्षेत्र भित्र रही प्रदेश सदस्यहरुलाइ सकृय बनाउनुपर्ने बताए ।
प्रदेश सभाको बैठकमा बोल्दै नेकपा संसदीय दलका नेता भूमिश्वर ढकालले तेस्रो अधिवेशनमा सत्ता पक्ष र प्रतिपक्ष नभई विषयमा केन्द्रित छलफल र त्यसको निष्कर्ष निकाल्नु पर्ने बताउनुभयो । विगतका अधिवेशनहरुमा विद्येयकमा आवस्यक
छलफल हुन नसकेको भन्दै व्यापक छलफलबाट ठोस निष्कर्षमा पुग्न तेस्रो अधिवेशन सफल हुनेमा आशा व्यत्त गरे ।
नेपाली कांग्रेसका प्रदेश सभा सदस्य डिल्ली बहादुर चौधरीले कर्मचारी प्रशासन र प्रहरी प्रशासन केन्द्रले संचालन गर्ने र विकासका काम स्थानीय तहले संचालन गरे पछि प्रदेशसभाको औचित्यमा प्रश्न उठेको बताए । उनले सरकारको दिन प्रतिदिन बढ्दो घाटा बजेट पूर्ति कसरी गर्ने प्रश्न गरे। सरकार करवृद्धिमा लागेको भन्दै घाटा बजेट पूर्तिका लागि कर बढाउने त हाेइन भन्दै आशंका व्यत्त गरे । उनले सरकारलाई काम गर्ने वातावरण बनाउन वित्त आयोग तत्काल बनाउन समेत सुझाव दिए।
प्रदेश सभा सदस्य तुलाराम घर्ती मगरले बजेट विनियोजन हुने र प्रक्रियामा गएर टुंगिने गरेको भन्दै बजेटलाई परिणम मुखी बनाउनु पर्ने बताए। सदन र सरकारकावीच अन्तर सम्वन्ध हुनुपर्ने भन्दै घर्तीले समन्वयत्मक सम्वन्ध बन्न नसकेको बताए । उनले भने प्रदेशसभा अब नयाँ छैन अव परिपक्कता देखिनु पर्छ ।
नेकपाका प्रदेश सभा सदस्य कृष्ण ध्वज खड्काले केन्द्र सरकारले मैलिक हक सम्वन्धमा कानुन वानाउने क्रममा प्रदेश संग समन्वय गर्नु पर्नेमा जोड दिए । सांसद गिता थापाले प्रदेश सभाले महिला मैत्री कानून निमार्ण गरी महिला हिंसा न्यूनीकरणका लागि ठोस कदम चाल्नु पर्ने बताए ।
राष्ट्रिय जनमोर्चाका सांसद तारा जिसीले प्रदेशको राजधानी तथा नामाकरणका लागि विज्ञहरुको टोली गठन गरी समयमा नै टुगांउनुपर्ने बताए । तेस्रो अधिवेशनको पहिलो दिनको आजको बैठकमा संघीय समाजवादी फोरमका सन्तोष कुमार पान्डे नेकपाका सांसद इन्द्र प्रसाद खरेल, रामजी घिमिरे,सरस्वती गौतम, कुल प्रसाद पोख्रेल, विष्णु प्रसाद पन्थी, राष्ट्रय जनता पार्टि नेपालका सांसद कल्पना पान्डे, भूवनेश्वर चौधरी , भगवति देवी भन्डारी, हरिप्रसाद रिजाल, तुल्सी चौधरी लगाएतले धारणा व्यक्त गरेका थिए।
बुधबारको बैठकमा प्रदेश प्रमुख उमाकान्त झाबाट प्रदेश सभाको अधिवेशन आह्वान भएको पत्र र दोश्रो अधिवेशनबाट पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्रहरु सभामुख पूर्णबहादुर घर्तीले पढेर सुनाएका थिए।
प्रदेश नम्वर पाचका आन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसीले प्रदेश ५ जाँचबुझ आयोगको गठन तथा काम, कर्तब्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश ५ संघ संस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको
विधेयक बुधबारको बैठकमा पेश गरे। अर्को बैठक पुस ८ गने दिनको एक बजे बस्ने छ ।