प्रदेश नम्बर पाँचको हिउँदे अधिबेशनको दोश्रो बैठकमा सत्तारुढ दलकै सांसदले असन्तुष्टि पोखेका छन् ।सरकारका गतिबिधिप्रति असन्तुष्टि जनाउदै प्रदेशसभा सदस्य तथा नेकपाका नेता समेत रहेको भोजप्रसाद श्रेष्ठले सरकार भौतिक पूर्वाधारमा गम्भिर बन्न नसकेको बताए ।
सरकार मितब्ययी भन्दा बिलासी बनेको बताउँदै बैंकहरुले ब्याज बढाएका छन्,ब्यबसायी चर्काे ब्याजमा परेका छन् यतातर्फ पनि सरकारको ध्यान जानु पर्ने उनले बताए ।
वैठकमा विशेष समय लिएर सत्तारुढ दल नेकपाकै सांसद उत्तरकुमार वलीले दाङमा २ दिन अघि भएको बस दुर्घटनामा घाइते भएकाले राम्रो उपचार सेवा पाउन नसकी ठूलो मानवीय क्षति हुन पुगेकोे बताए ।
यस्तै प्रदेश सभाको तेश्रो अधिबेशनको दोश्रो बैठकको शुरुमै शोक प्रस्ताब पारित गरिएको छ । शुक्रबार साझ दाङको राम्राीमा भएको बिद्यार्थी बोकेको बस दुर्घटनाका मृतकहरुप्रति शोक प्रस्ताव पारित गरिएको हो ।
बैठककै प्रारम्भमा सभामुख पुर्ण बहादुर घर्तिले स्कुल बस दुर्घटनाका मृतकहरुप्रति शोक व्यक्त गर्न शोक प्रस्ताव राखे भने घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको थियो । प्रदेश ५ जाँचबुझ आयोगको गठन र संघ–संस्थाहरुको दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल शुरु भएको छ ।
अन्तर प्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा व्यवस्था तथा प्रदेश प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रशासकीय कार्य्विधि नियमित गर्ने सम्बन्धमा बनेको विधेयक पनि आजको बैठकमा पेस भएको छ । बैठक सोमबार दिउसो १ बजे पुन बस्नेछ ।