अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुटवल उपमहानगरपालिका वडा नम्वर-१३ का वडासचिव भरत काउचालाई पक्राउ गरेको छ।
अख्तियारको टोलीले बुटवलको हाटबजार लाइनबाट काउचालाई पक्राउ गरेको हो। काउचाले पञ्जीकरण जन्म, मृत्यु, विवाह, सम्वन्ध विच्छेद र बसाई सराइ जस्ता व्यक्तिगत घटनाको दर्तामा सेवाग्राहीसंग घुस लिएको आरोप छ।
काउचाले पञ्जीकरण अर्थात व्यक्तिगत घटनाको दर्तामा सेवाग्राहीसंग ५ हजार नगद घुस लिदै गर्दा पक्राउ गरीएको अख्तियारको बुटवल कार्यालयका प्रमुख रबिराज पन्तले जानकारी दिए ।