नेपाली कांग्रेसका सभापती एंव पुुर्व प्रधानमन्त्री शेरवहादुर देउवाले निर्धारित मितिमा पार्टीको राष्ट्रिय महाधिवेशन हुुने बताएका छन् ।विराटनगर विमानस्थलमा शुक्रबार संचारकर्मीसंग कुुरागर्दै देउवाले समयमै महाधिवेशन गराउन आफुु प्रतिवद्ध रहेको बताए ।उनले जनचाहना अनुुसार सरकारले कामगर्न नसकेको आरोप समेत लगाए।
सभापती देउवाले, नेपाली कांग्रेसले सदनमा सशक्त प्रतिपंक्षको भुुमिका निर्वाह गरिरहेको भन्दै निर्मला पन्तको हत्यारालाई कार्वाही गराई छाडने प्रतिवद्दता पनि व्यक्त गरे । निर्मला पन्तको हत्याको विषय सानो नभएको भन्दै दोषि लाई तत्काल पक्राउगरी कार्वाही गर्नुुपर्ने उनले बताए।
देउवाले राजदुुत र्फिता वोलाउने विषय सरकारको भएपनि यसरी राजदुुत र्फिता बाेलाउन नहुँने बताए ।साथै कर्मचारी समायोजनका विषयमा बाेल्दै उनले सुुविधा दिएरमात्र समायोजन गर्नुुपर्नेमा जाेडदिए।