सभामुख कृष्णबहादुर महराले प्रदेशको नामाङ्करण गर्ने अधिकार प्रदेशसभालाइ मात्र रहेको बताएका छन् । राप्ती समाज काठमाडौंको १२ औँ वार्षिक साधारणसभाका अबसरमा शनिबार काठमाडौमा आयोजित कार्यक्रममा सभामुख महराले केहि प्रदेशको नामाङ्करण भईसकेको भन्दै प्रदेश ५ लगाएत अन्य प्रदेशको नामाङ्कण गर्ने अधिकार प्रदेशसभालाइ मात्र रहेको बताए।
प्रदेश राजधानीको आन्दोलनमा आफू यसअघि सहभागी भएको भन्दै सभामुख महराले राजधानीको बिषयमा प्रदेशमा गम्भीर रुपमा छलफल गरिरहेको बताए । उनले आफूहरुले प्रदेशको राजधानी र नामाङ्करणका बिषयमा राजनीतिक छलफल मात्र गर्न सक्ने भन्दै अन्तिम निर्णय भने प्रदेशसभालाई रहेको जिकिर गरे । प्रदेशको राजधानी बनाउदा प्रदेशभित्र सवैतिर रहेका स्थानलाई पायक पर्ने स्थानमा हुनुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा सभामुख महराले संविधानविद् भिमार्जुन आचार्य , कलाकार तथा सांसद कोमल ओली लगाएतलाई सामाजिक अभिन्नदन पत्र प्रदान गरेका थिए।