प्रदेश नं १ का मुुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ लाई जोखिम मुुक्त प्रदेश वनाउने अभियानमा प्रदेश सरकार लागि परेको बताएका छन् ।
प्रदेश न १ आन्तरिक मामिला तथा कानुुन मंत्रालयले विराटनगरमा सोमबार आयोजना गरेको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनमा प्रदेशको प्राथमिकता गोष्ठिलाई सम्वोधन गर्दै उनले प्रदेस सरकारले समयमै ऐन कानुन बनाएर जोखिम न्युनिकरणको कार्यलाई अघि वढाएको बताएका हुन् ।
ठूल्ठूला सडक पुुर्वाधार तथा वस्ति निमार्णगर्दा आउन सक्ने जोखिमलाई ध्यान पुुर्याउदै विकास निमार्णका कामलाई अघि वढाउनुुपर्ने उनले बताए । मुुख्यमन्त्री राईले जोखिम न्युुनिकरणका लागी तिनैतहको सरकारविच समन्वय हुुनुु आवश्यक रहेको पनि बताए ।
प्रदेश न १ का सभामुुख प्रदिप भण्डारीले , राहत वितरण गरेर जोखिम न्युुनिकरण नहुुने भन्दै जोखिम आउन नदिन दिर्घकालिन योजना वनाउनुुपर्नेमा जोड दिए ।
कार्यक्रममा वोल्दै आन्तरिक मामिला तथा कानुुनमंत्री हिकमत कार्कीले,प्रदेश सरकारले सवै स्थानियतहमाा जोखिम न्युुनिकरण विपद् व्यवस्थापनका लागी अभियान संचालन गरेको बताए । उनले सरकारको एक्लो प्रयासवाट मात्र जोखिम न्युुनिकरण नहुुने भन्दै त्यसका लागी सवैको सहयोग आवश्यक रहेको बताए ।प्रदेश नम्वर १ का प्रमुुख सचिव केदार न्यौपानेले , जोखिम आउनु पुुर्व त्यसको न्युुनिकरण र व्यवस्थापनका लागी ठोस योजना वनाउनुुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रदेश सांशद, मन्त्रालयका सचिव, रेडक्रस तथा सुुरक्षा प्रमुुखहरुको सहभागिता थियो । कार्यक्रममा नेपाली कांग्रेस संशदियदलका नेता राजिव कोइराला, नेपाल कम्युुनिष्टपार्टी नेकपाका उपनेता टंक आङवो, प्रदेश सांशद नवदिता चाौधरी, विमल कार्की तथा रेडक्रस झापाका सभापती लोकराज ढकालले जोखिम न्युुनिकरणकालागी प्रभावकारी कदम चाल्नुुपर्नेमा जोड दिए ।