प्रदेश नम्बर ३ सरकारको प्रदेश नीति तथा योजना आयोगले आफ्नो प्रदेशका लागि योजना पुस्तिका मंगलबार सार्वजनिक गरेको छ ।
पुस्तिका सार्वजनिक गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले योजना विनाको विकास दिगो नहुने भन्दै समग्र प्रदेशको अवस्थाबारे अवगतसहित विकासको योजना बनाउन पुस्तिकाले सहयोग गर्ने बताए ।
उनले भने, “किताब छापिनु ठूला कुरा होइन तर यस पुस्तकले दिने विकास ठूलो कुरो हो, यसले हामीलाई समग्र प्रदेशको अवस्था र आवश्यकता औँल्याउँछ र यी सबै समेटेर हामीले बनाएको योजना तथा विकास निर्माण दिगो हुन्छ ।” मुख्य मन्त्री पौडेलले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्ने आधार तयार पार्नुपर्नेमा जोड दिए।
प्रदेश नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेतले प्रदेश सरकारले जनतालाई समृद्धी बाँड्ने योजना बनाएको दावी गरे ।