१६ बुँदे मागहरु अघि सार्दै जनकपुरधाम उपमहानगरपालिकाका वडा अध्यक्षहरु मेयर लाल किसोर साहलाई ज्ञापनपत्र बुझाएका छन् । मेयर साहको कामकारबाहीबाट असनतुष्टी जनाउँदै बुधवावार १६ जना वडाध्यक्षहरु उपमहानरपालिकाका प्रशासकीय अधिकृत उमेश ढुंगानालाई ज्ञापनपत्र बुझाएका हुन् ।
बढाइएका कर फिर्ता गर्न, वड़ाको दैनिक कार्य र भइपरी आउने कार्यका लागि स्वायत्तता दिन, कार्यपालिका बैठकमा आफ्ना एजेन्डा राख्न र छलफल गर्न पाउने अधिकार, कार्यपालिका बैठक पारदर्शी बनाउन सञ्चारकर्मी प्रवेशको व्यवस्था हुनुपर्ने, संवैधानिक प्रावधानअनुरूप बजेट विनियोजन हुनुपर्ने उनीहरुको माग छ । संवैधानिक व्यवस्थाअनुसार अख्तियार विकेन्द्रीकरण नभएको हुनाले काम गर्न विभिन्न किसिमका कठिनाइ भोग्नुपरेको ज्ञापनपत्रमा भनिएको छ ।
वडाको कार्यभारअनुसार कर्मचारी व्यवस्था, वार्षिक बजेटबारे सूचना पाउने अधिकार, बजेट बाँडफाँड हुँदा कार्यपालिकाको सहभागिता र बहुमतबाट पारित हुनुपर्ने, परिक्रमा क्षेत्रभित्र मदिरा बेचबिखन बन्द हुनुपर्ने, वडासमितिले गठन गर्ने समितिको जानकारी दिनुपर्ने, अवकाशप्राप्त कर्मचारीलाई पदमुक्त गरि नयाँ पिढ़ीलाई मौका दिनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्रमा उल्लेखित मागहरु पुस मसान्त भित्र सम्बोधन नभए माघदेखि चरणबद्ध आन्दोलन गर्ने उनीहरुले चेतावनी समेत दिएकाछन् ।
जनकपुर उपमहानगरका मेयर साह राजपा नेपालबाट निर्वाचित भएका छन् तर ज्ञापनपत्र बुझाउने अधिकांस राजपाबाटै निर्वाचित वडाध्क्षहरु रहेका छन् । ज्ञापनपत्र बुझाउने ९ जना राजपाबाट निर्वाचि भएका छन् भने एक स्वतन्त्र र ६ जना अन्य पार्टीबाट निर्वाचित भएका हुन् ।
ज्ञापनपत्र बुझाउने वडाध्यक्षहरुमा वडा नम्बर १ का सत्ररोह साह, वडा नम्बर २ का शिव कुमार साह, वडा नम्बर ४ का सुदर्शन सिंह ,वडा नम्बर ५ का मनोज कुमार साह, वडा नम्बर ६ का जगरणाथ साह , वडा नम्बर का ७ का जानकीराम साह, वडा नम्बर ८ का रमेश ठाकुर , वडा नम्बर ९ का प्रमेश्वर साह, वडा नम्बर १० का मिथिलेस लाल कर्ण, वडा नम्बर ११ का राम चन्द्र साह, वडा नम्बर १२ का सत्रुधन यादव ,वडा नम्बर १३ का सुभनरायन मंडल, वडा नम्बर १५ का अशोक कुमार चौधरी, वडा नम्बर १६ का रामअशिस पजियार, वडा नम्बर २० का भोगेन्द्र झा र वडा नम्बर २४ का सत्यनारायण साह रहेका छन् ।