प्रधानन्याधीश चोलेन्द्र शम्शेर जवराले न्यायपालीका , कार्यपालीका र व्यवस्थापिकाबिच हस्तक्षेप हुन नहुने बताएका छन् ।
शुक्रबार सर्वोच्च अदालत बार एशोसियसनले काठमाडौमा आयोजना गरेको बधाइ तथा शुभकामना कार्यक्रममा जवराले न्यायपालीका , कार्यपालीका र व्यवस्थापिकाले एकअर्काको सम्मान गर्नुपर्ने भन्दै अधिकारमाथि हस्तक्षेप हुन नहुने बताए ।न्यायापालीका आफैमा अति गहन र संवेदनशिल अंग भएको उनको भनाइ छ ।
प्रधानन्याधीश जवराले न्यायको आचरणलाई कायमराख्न नसक्ने र न्यायधिशको बाटोबाट कुवाटोमा गएको व्यक्तिलाई पुनः न्यायको मुर्तिमा राख्न गाह्राे हुने बताए । सर्वोच्चमा आएर आफूले गरेका केही निर्णयप्रति बारको असन्तुष्ट रहेको जानकारी आफुसंग आएको भन्दै उनले बारले निकालेको बिज्ञप्ती सर्बोच्च र प्रधानन्याधिशसम्म नआइपुगेको स्पष्ट पारे । उनले न्यायपालीकाको अभिन्न अंगको रुपमा रहेको बारको भावना र बिचारलाई सर्बोच्च अदालतले सदैव आदर गर्ने जिकिर गरे । बारलाई पृथक राखेर न्यायपालीका अघि बढ्न नसक्ने भन्दै उनले न्यायापालीकाको प्रतिष्ठा कायम गर्न बेन्च र बारको सम्बन्ध सुमधुर हुनुपर्ने बताए ।
त्यस्तै प्रधानन्याधीश जवराले कानुनको शासन, मानवअधिकारको प्रवद्र्धन र न्यायिक स्वतन्त्रतालाई कायम राख्न आफू तत्पर रहने धारणा व्यक्त गरे ।