प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको निगरानी गर्न गठन गर्न लागेको छायाँ सरकारमा मन्त्री हुन कांग्रेस सांसदहरुको सहभागितामा कमी देखिएको छ। कांग्रेसले रुचि भएको मन्त्रालय माग गरी नाम टिपाउन दिएको ६ दिन भइसक्दा पनि हालसम्म १० जना सांसदले मात्र नाम टिपाएका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको निगरानी गर्न गठन गर्न लागेको छाया सरकारमा मन्त्री हुन कांग्रेस सांसदहरुको सहभागितामा कमी देखिएको छ । कांग्रेसले रुचि भएको मन्त्रालय माग गरी नाम टिपाउन दिएको ६ दिन भइसक्दा पनि हालसम्म १० जना सांसदले मात्र नाम टिपाएका छन् ।
मन्त्री हुन नाम टिपाउनेहरुमा दिलेन्द्रप्रसाद बडू, देवेन्द्रराज कँडेल, भीमसेनदास प्रधान, डा. डिला संग्रौला, सुजाता परियार, देवप्रसाद तिमल्सेना, तेजुलाल चौधरी, मीनाक्षी झा, जिपछिरिङ लामा र रामबहादुर विष्ट रहेका छन् ।
कांग्रेसले प्राथमिकताका आधारमा तीन मन्त्रालय छान्न ६३ सांसदको नामसहितको फाराम पुस २४ देखि दलको कार्यालय सिंहदरबार र संसद भवन नयाँ बानेश्वरमा राखेको छ । तर नाम टिपाउन दिइएको एक हप्ताको समय टुंगिनै लाग्दा पनि सहभागिता न्यून देखिएको छ । समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
मन्त्री हुन नाम टिपाउनेहरुमा दिलेन्द्रप्रसाद बडू, देवेन्द्रराज कँडेल, भीमसेनदास प्रधान, डा. डिला संग्रौला, सुजाता परियार, देवप्रसाद तिमल्सेना, तेजुलाल चौधरी, मीनाक्षी झा, जिपछिरिङ लामा र रामबहादुर विष्ट रहेका छन्।
कांग्रेसले प्राथमिकताका आधारमा तीन मन्त्रालय छान्न ६३ सांसदको नामसहितको फाराम पुस २४ देखि दलको कार्यालय सिंहदरबार र संसद भवन नयाँ बानेश्वरमा राखेको छ। तर नाम टिपाउन दिइएको एक हप्ताको समय टुंगिनै लाग्दा पनि सहभागिता न्यून देखिएको छ। नयाँ पत्रिका दैनिकमा खबर छ।