अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएको चिकित्सकले बताएका छन् ।
स्वास्थ्य अवस्था विग्रीएपछि इलाम अस्पताल पुरयाइएका डा केसीको स्वास्थ्य स्थिति खस्किदै गएकाले तत्काल उनलाई सुविधा सम्पन्न अस्पताल लगेर आईसीयूमा राख्नुपर्ने चिकित्सकहरुले बताएका छन् । केसीको घाँटीमा समस्या छ भने फोक्सोमा इन्फेक्सन र रोग प्रतिरोधात्मक शक्ति कम भएको छ।उनको मुटुको चाल घटेर ३४ र बढेर २४० सम्म पुगेको छ ।
स्वास्थ्य स्थिति जे भए पनि आफू इलाममा नछाड्ने अडान लिएका डा केसीले १५ औँ सत्याग्रहका क्रममा भएका सम्झौता पालना हुनु पर्ने अडानमा कायमै राखेका छन्।अस्वभाविकरुपमा मुटुको धड्कन बढ्नुका साथै निमोनिया पनि देखिएपछि उनलाई सोमवार बिहान इलाम अस्पताल भर्ना गरिएको छ।