सुदूरपश्चिम प्रदेशका सांसदहरुले पुसमा पिए नियुक्त गरेपनि साउनदेखिकै तलब लिएका छन्। २५ असोजमा ऐन पारित गर्दै साउनदेखिकै तलब लिने व्यवस्था गरिएको पाइएको छ।
सांसदहरुले साउनदेखि तलब सुविधा खल्तीमा हालेपनि असोजदेखि यता मात्रै पिए नियुक्त गरेका छन्। असोजमा कांग्रेसका ८, नेकपाका १९ र राजपाका २ सांसदले पिए नियुक्त गरेका थिए भने कात्तिकमा कांग्रेसका १ र नेकपाका ५ सांसदले पिएलाई नियुक्ति दिएका थिए। यस्तै मंसिरमा नेकपाका १ जनाले र पुसमा नेकपाका २ र कांग्रेसका १ जना सांसदले पिए नियुक्त गरेका छन्।
हालसम्मको अभिलेखअनुसार चार जना सांसदका पिएले मात्र आफ्नै खातामा तलब सुविधा पाउने गरेका छन्। दुई जना सांसदले हालसम्म पनि पिए नियुक्त गरेका छैनन्। नयाँ पत्रिकामा छ।