कानुनतः स्थानीय तहलाई बिदा घोषणा गर्ने कानुनी अधिकार छैन । तर मनपरी रुपमा स्थानीय तहले लामा सार्वजनिक बिदा घोषण गरेका छन् । रौतहटको कटहरिया नगरपालिका मेयर सियारामप्रसाद कुशवाह जेलबाट छुटेको भन्दै नगरपालिकाले पुस १५ मा बिदा घोषणा ग-यो ।
प्रदेश ५ ले पनि माघेसंक्रान्तिका अवसरमा माघ १ र २ गते बिदा घोषणा ग-यो । पुस १७ मा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश ५ मा बिदा दिने निर्णय गरेको थियो । मंसिर ३ मा हरिबोधनी एकादशीको अवसरमा भक्तपुरको चाँगुनारायण नगरपालिकाले बिदा दियो ।
पर्व, जात्रा अथवा मेलामा साथै सवारी दुर्घटनामा परी धेरैको ज्यान गएको बेला पनि तहले समवेदना प्रकट गर्न बिदा दिने गरेका छन् । तर बिदाका दिनबारे अग्रिम थाहा नहुँदा सेवाग्राही मर्कामा पर्ने गरेका छन् । अन्नपूर्ण पोस्ट्मा खबर छ।