प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सचिव विद्यानाथ झालाई कुटपिट गरेको विरोधमा यस क्षेत्रका कर्मचारीले बुधवार हातमा कालोपट्टि बाँधेर बिहान १० बजेदेखि ११ बजेसम्म ‘पेन डाउन’ गरेका छन्।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई मन्त्री यादवले मन्त्रालयमै कुटपिट गरेपछि त्यसको विरुद्ध कर्मचारी आन्दोलित भएका हुन्।
घटनाको छानबिन र दोषीमाथि कारवाही नगरिए हरेक दिन ‘पेन डाउन’ को कार्यक्रम एक घण्टका दरदे थप्दै जाने बताउँछन् मधेश निजामती कर्मचारी मञ्चका केन्द्रीय महासचिव बेचन महतो।
मन्त्री यादवले गरीबी निवारण कोषको कार्यक्रम आफन्तको संस्थालाई नदिएको भन्दै आफूमाथि कुटपिट गरेको सचिव झाको आरोप छ।