प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भातृ संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर नेतृत्वको वर्तमान कार्यसमितिलाई माघ १० गतेसम्म यथावत राख्ने निर्णय गरेको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको गत मंसिर २ गतेको बैठकको निर्णय अनुसार नेवि संघको कार्यकाल माघ २ गतेसम्मका लागि थप गरिएको थियो।
म्याद सकिनुु अघि बुधबार बसेको कांग्रेस पदाधिकारीसहित बरिष्ठ नेताहरुको बैठकले माघ १० गतेको केन्द्रीय समितिको बैठकले निर्णय गर्नुअघि बर्तमान कार्यसमितिलाई यथावत राख्ने निर्णय गरेको हो। अव उप्रान्तका लागि कांग्रेस केन्द्रीय कार्यसमितिको २०७५ माघ १० गते बस्ने बैठकले निर्णय गरे अनुसार हुने गरी दैनिक कार्य संचालन गर्न गराउन निर्देशन गरिएको कांग्रेसद्धारा जारी प्रेस बिज्ञप्तिमा जनाइएको छ।