भ्रष्टाचारको मुद्दा खेप्दै आएका पूर्वमन्त्री बिक्रम पाण्डे धरौटीमा रिहा भएका छन्। विशेष अदालतले पाण्डेलाई ४ करोड रुपैयाँ धरौटी लिएर रिहा गरेको हो ।सिक्टा सिञ्चाइ आयोजनामा व्यापक भ्रष्टाचार भएको जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई अर्ब १३ करोड ७६ लाख ८० हजार विगो मागदावी गर्दै विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको संयुक्त इजलासले ४ करोड धरौटीमा रिहा गर्ने निर्णय गरेको हो ।बुधबार अदालतमा स्वयं उपस्थित भएका पाण्डेको उक्त रकमका लागि ग्लोबल आईएमई बैंक ग्यारेन्टी बसेपछि उनी धरौटीमा छुटेको छन् ।
सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम भएको ठहर गर्दै अख्तियारले कालिका कन्स्ट्रक्सनका मालिकसमेत रहेका पूर्वमन्त्री पाण्डेविरुद्ध मुद्दा दायर गरेको थियो ।