संसदीय सुनुवाइ विशेष समितिले दुई देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ।
बिहीबार बसेको समितिको बैठकले थाइल्याण्डका लागि प्रस्तावित राजदूत गणेशप्रसाद ढकाल र फ्रान्सका लागि राजदूतमा प्रस्तावित दीपक अधिकारीको नाम सर्वसम्मतीबाट अनुमोदन गरिएको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।
राजदूतका लागि अनुमोदित भएका ढकाल र अधिकारी दुवै परराष्ट्रमन्त्रालयका सहसचिव हुन्। प्रस्तावित राजूदतविरूद्ध सुनुवाइ समितिले दश दिनको समयमा उनीहरुविरुद्ध कुनै उजुरी परेको थिए।
प्रस्तावित थप तीन राजदूतको सुनुवाइ माघ ८ मा
यस्तै, बैठकले विभिन्न तीन देशका लागि राजदूतमा प्रस्तावित भएकाहरुको सुनुवाइ आगामी माघ ८ गते गर्ने भएको छ।
उक्त बैठकमा संयुक्त राष्ट्रसंघको स्थायी नियोगका लागि सिफारिस मणिप्रसाद भट्टराई, क्यानडाका लागि सिफारिस भृगु ढुंगाना र कुवेतका लागि सिफारिस दुर्गाप्रसाद भण्डारीको सुनुवाइ हुने सभापति कर्णले जानकारी दिए।
यसैगरी,संयुक्त राज्य संघको स्थायी प्रतिनिधिका लागि प्रस्तावित अमृत राईका विरुद्धमा उजुरी आह्वान गर्ने समितिको तयारी छ। राईविरुद्ध उजुरी दिन १० दिनको सूचना शुक्रबार प्रकाशित हुने सभापति कर्णले बताए।