प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले साढे ३३ किलो सुनकाण्डमा मुछिएका अभियुक्तहरुलाई धरौटी र साधारण तारेखमा छाड्न आदेश दिने उच्च अदालत विराटनगरका पाँचजना न्यायाधीशलाइ कारवाही गरेका छन् ।
न्यायपालिका शुद्धिकरण अभियानका क्रममा प्रधानन्यायाधीश जबराले गलत नियतले न्याय सम्पादन गर्ने उच्च अदालतका पाँचजना न्यायाधीशलाई कारवाही गरेका हुन् ।
प्रधान न्यायाधीशको कार्यभार सम्हाले लगत्तै राणाले न्यायाधीश उपर आउने गुनासा,टिका टिप्पणी सम्बन्धमा तत्काल सम्बोधन गर्ने गरि न्यायिक अनुगमन तथा निगरानी संयन्त्र बनाएका थिए ।
न्यायिक निगरानीका क्रममा चलखेर भएको भेटिएपछि उनीहरुलाई सामुहिक रुपमा न्यायपरिषद सचिवालयमा तानिएको छ ।कारवाहीमा पर्ने न्यायाधीशहरुमा थीरबहादुर कार्की, उमेशकुमार सिंह, नागेन्द्र लाभ कर्ण,सारङ्गा सुवेदी र उमेशराज पौडेल छन् ।