राष्ट्रिय जनता पार्टी नेपालले आफूहरुको मागका बारेमा प्रधानमन्त्री अझैपनि गम्भीर नभए सरकारलाई दिएको समर्थन जारी राख्न नसक्ने स्पष्ट पारेको छ ।
बलिदानी दिवसका अबसरमा शनिबार राष्ट्रिय जनता पार्टी नेपालले पार्टी शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राजपा संयोजक राजेन्द्र महत्तोले आफुहरुले बिभिन्न माग राख्दै सरकारलाई समर्थन गरेको भएपनि आफुहरुको माग अहिलेसम्म पनि पुरा नभएको भन्दै अब पनि आफूहरुको मागका बारेमा सरकार प्रधानमन्त्री गम्भीर नभए सरकारलाई दिएको समर्थनले निरन्तरता नपाउने बताए।
निकै लामो छलफलपछि मुस्कीलले रेशम चौधरीको सपथमात्र भएको भन्दै अन्य माग पुरा गराउन आफुहरुले दवाव दिने बताए । महत्तोले संविधान संसोधनको मुद्धा सरकारले चाहे तत्काल पुरा गर्न सक्ने बताए ।
त्यस्तै उनले बिभिन्न आन्दोलनका बेला लगाईएका मुद्धा फिर्ता लिनुपर्ने , आन्दोलनको घाइतेको उपचारखर्च दिनुपर्ने , लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने आफुहरुको माग कायमै रहेको स्पष्ट पारे । संयोजक महत्तोले जुन उदेश्यका साथ मधेश आन्दोलन भएको हो , त्यो उदेश्य अझै प्राप्त हुन नसकेको धारणा राखे । पहिचानसहितको अधिकारका लागी राष्ट्रिय आन्दोलनको जरुरी रहेको महताेको भनाइ छ ।
कार्यक्रममा राजपा नेताहरुले मधेश आन्दोलनमा ज्यानगुमाएकाहरुप्रति श्रद्धान्जली व्यक्त गरेका थिए । पहिलो, दोस्रो र तेस्रो मधेश आन्दोलनको क्रममा ज्यान गुमाएका शहीदको सम्झनामा यो दिवस माघ ५ गते मनाउने गरिन्छ । २०६३ साल माघ ५ गते विद्यार्थी रमेश महतोको हत्या भएको दिन मधेशमा बलिदानी दिवस मनाउने गरिन्छ ।