राष्ट्रिय आवासीय चिकित्सक संघले अनसनरत डा. गोविन्द केसीका माग सम्बोधन नभए थप आन्दोलन गर्ने चेतावनी दिएको छ।
आइतबार बिहान विज्ञप्ति जारी गरी संघले डा. केसीको अनसनप्रति ऐक्यबद्धता जनाउँदै उनका पूरा गर्न सरकारलाई आग्रह गरेको हो। उसले डा. केसीका माग पूरा गराएर अनसन तोडाउने प्रयास नभए आन्दोलन गर्ने चेतावनी पनि सरकारलाई दिएको छ।
संघका अध्यक्ष डा. सुमित पाण्डे र सचिव डा. विश्वराज तिमल्सिनाद्वारा संयुक्तरुपमा जारी विज्ञप्तिमा स्वास्थ्य क्षेत्रमा कार्यरत पेसागत स्वास्थ्यकर्मी तथा आमनेपालीको स्वास्थ्य सेवा पहुँचलाई मध्यनजर गर्दै दुर्गमसम्म सेवा पुगोस् भन्ने आसयसहित गरिएको सत्याग्रहमा ऐक्यवद्धता जाहेर गरिएको उल्लेख छ।
संघले पहिले भएका सहमतिअनुरूप चिकित्सा शिक्षा ऐन पारित गर्न र सत्याग्रहीको मागप्रति गम्भीर भई डा. केसीको जीवन रक्षा गर्न पनि अपिल गरेको छ।
विज्ञप्तिमा भनिएको छ,‘संघमा आवद्ध सम्पूर्ण आवासीय चिकित्सकहरूलाई सरकारको यस निर्मम र लापरवाह कदमको विरोधस्वरूप कार्यक्षेत्रमा कालोपट्टी बाँधेर विरोध जनाउन आह्वान गर्दछ।’ संघले डा केसीको अनसन तोडाउन सरकारले पहल नभए थप आन्दोलन गर्ने चेतावनी पनि दिएको छ।
डा. केसी आफूसँग गरिएका सहमति विपरित प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले संसदमा चिकित्सा शिक्षा विधेयकमा पेश गरेको भन्दै पुस २५ गतेदेखि अनसनमा बसेका छन्। इलाममा पुगेर अनसन थालेका डा. केसीको स्वास्थ्यमा समस्या आएपछि शुक्रबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पतालको आइसियूमा राखिएको छ।
हेर्नुस् विज्ञप्ति: