नेपाली कांग्रेसकी पूर्व सासंद तथा समाजसेवी डा.आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी कांग्रेसले तोकेको भन्दै कम्युनिष्ट सरकारले गोदावरी सारेको आरोप लगाईन् ।
आईतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा राणाले सुदूर पश्चिम प्रदेशको राजधानी सरकारले सार्न नहुने भन्दै तत्काल निर्णय खारेज गर्न माग गरिन्।
उनले प्रदेश सरकारले राजधानी गोदावरीमा सार्नुमा पारर्दशिता र तर्क नभएको दाबी गरिन। सरकारले धनगढीमा भौतिक संरचनाको लागी राज्य कोषबाट अरर्बौ लगानी गरीसकेको र प्रतिपक्ष सरकारले गरेको निर्णयलाई स्विकार गर्न नसकेर राजधानी सार्नु उपयुक्त नभएको बताईन् ।
गोदावरी तेघरी क्षेत्र पर्यावरणीय दृष्टीकोणले उपयुक्त नभएको बाघ, हात्ति लगाएका जंगली जनावरको बासस्थान र बाटो भएको आरजुको भनाई छ ।
सुदूरपश्चिम प्रदेशको राजधानी तेघरीको जंगलमा राजधानी बनाउने प्रदेश सरकारको निर्णयविरुद्ध अधिवक्ता देवीकुमारी जोशीद्धारा दायर रिट निवेदनमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ ।प्रदेश सरकारले भने राजधानीको लागी जग्गा नाप्ने र लिजमा लिने कार्य अगाडी बढाएको छ ।