प्रदेश नं १ को सरकारले विश्व आदिवासी जनजाति दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ।
प्रदेश नम्बर १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले बुधबार सूचना निकालेर बिहीबार (अाज) बिदाको घोषणा गरेको हो।
मन्त्रालयले प्रदेशका १४ वटै जिल्ला प्रशासन कार्यलयमा २०७४ चैत २९ गतेको प्रदेश सरकारको निर्णयअनुसार बिदा दिने निर्णय भएको सूचनामा उल्लेख छ।
प्रदेश १ मा भदौ १० गते जनैपूर्णिमा, भदौ १८ गते राधाकृष्ण रथयात्राका दिन (मोरङ र सुनसरी मात्र) र कात्तिक २७ गते छठ पर्वमा सार्वजनिक बिदा दिने निर्णय पनि भैसकेको छ।