प्रदेशवासी तथा सांसदहरुको लगातारको माग पछि प्रदेश नम्बर ५ को नामाकरण र स्थायी राजधानी सिफारिसका लागि संसदीय सिफारिस समिति गठन गरिएको छ ।
समितिले ३ महिना भित्र उचित र सम्भाबित नाम र राजधानीको बारेमा निचोड निकालेर प्रतिबेदन बुझाउनुपर्ने सभामुख पूर्णबहादुर घर्तीले बताए ।
समितिमा प्रदेश सांसदहरु कल्पना पाण्डे, चेतनारायण आचार्य ,तारा जिसी, सहश्राम यादब ,बिष्णु पन्थी, निर्मला क्षेत्री, बीरबहादुर राना ,दिनेश पन्थी,रमा अर्याल,सरस्वती गौतम, नारायण प्रसाद आचार्य, दिपेन्द्र पुन मगर, तुल्सी प्रसाद चौधरी , दिपेश थारु ,भूमेश्वर चौधरी रहेका छन् ।
आजकै बैठकले ११ सदस्यीय बिशेषाधिकार समिति गठन गरेको छ । बिशेषाधिकार समितिमा अमर बहादुर डांगी , अष्टभुजा पाठक , कमलराज श्रेष्ठ , कल्पना पाण्डे ,तारा जिसी, तेज बहादुर वली, पार्वती पुन , फकरुद्धिन खँन , बाबुराम गौतमे, सन्तोष कुमार पाण्डे हरि प्रसाद रिजाल रहेका छन् ।