सरकारले हत्यारा, बलात्कारी, भ्रष्टचारी लगायतका घटनामा संलग्न भएकालाई संरक्षण दिएको बिरोधमा नेपाली कांग्रेसले रामेछापमा विरोध जुलुस प्रदर्शन गरेको छ।
मन्थलीको विपी चोकबाट सुरु भएको विरोध ¥यालीमा ओली सरकार चाहिदैन, हत्या आतंक बन्द गर, कालोबजारी नियन्त्रण गर, हत्यारालाई संरक्षण नदे, अधिनायकबाद अन्त्य गर जस्ता नारा लगाउँदै बजार परिक्रमा गरी पुनः विपी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।
कोणसभालाई सम्बोधन गर्दै कांग्रेसका सभापति लबश्री न्यौपानेले सरकारले गलत काम नसच्याए ससक्त आन्दोलन गर्ने चेतावनी दिए।
कार्यक्रममा नेविसंघका केन्द्रीय सदस्य रत्नहरी ढुंङ्गेल, महिला संघकी सभापति गंगा अधिकारी, नेपाल तरुण दलका अध्यक्ष काजीबहादुर खड्का, नेविसंघ जिल्ला अध्यक्ष शुशिल अधिकारी लगायतले आफ्ना मागलाई बेवास्ता गरेर अगाडि बड्न खोजे त्यसको मुल्य सरकारलाई महंगो पर्ने उनले चेतावनी दिएका थिए।