प्रदेश नम्बर ५ ले प्रदेश सभाको पहिले बैठक बसेको दिनकाे स्मरण गर्दै प्रदेश सभा दिवस मनाएको छ । माघ २१ गतेको दिन लाई प्रदेश सभा दिवसको रुपमा औपचारिक कार्यक्रम गरी मनाएको हो ।
कार्यक्रममा बोल्दै प्रदेश प्रमुख उमाकान्त झा ले पुर्वाधार, जनशक्ति अभावको बाबजुत प्रदेश सभाले गरेको कार्यको मुल्यकन गर्नुपर्ने बताए । उहाले प्रदेशमा संरचना स्थापना गर्नको लागि नै केही समय लागेको भन्दै अभावको बाजबुत गरिएको कार्यहरु सन्तोष जनक रहेको धारणा व्यक्त गरे ।
कार्यक्रममा बोल्दै मुख्य मन्त्री शंकर पोखरेलले अभावको बाबजुत प्रदेश सरकारले धेरै काम गरेको बताए । उनले प्रदेशको राजधानी र नामको विषयमा बाहिर सडकमा बहस गर्ने विषय नभएको बताए । राजधानी कहाँ बनाउने भन्दा पनि कस्तो बनाउने भन्ने विषयमा सोच्न आवश्यक रहेको भन्दै मुख्य मन्त्री पोखरेलेले भावि सन्ततीको लागि पनि नमूनाको रुपमा राजधानी बनाउनुपर्ने उनकाे तर्क थियाे । कार्यक्रममा प्रमुख प्रतिपक्षी दल(नेपाली काग्रेस)का नेता बलदेव शर्मा पोखरेलले सरकारले १६ वटा विधेय बनाउनु बाहेक अन्य कुनै पनि काम गर्न नसकेको भन्दै आलोचना गरे ।
कार्यक्रममा सभामुख पुर्णबहादुर घर्तीले सबैको साथ र सहयोगबाट नै अगाडी बढ्ने सरकारको योजना अनुसार नै अहिलेको सरकार अगाडी बढेको बताए । उपसभामुख कृष्णाी थारुले पनि सरकारको काम सन्तोष जनक भएको भन्दै सबैको साथबाट नै नमुना काम गर्न सक्ने बताए ।
कार्यक्रममा उत्कृष्ठ कर्मचारीको रुपमा सचिवालयका कम्प्युटर अधिकृत मनोज कुमार पाण्डेय, नायव शुब्बा दिवाकर पन्थी, मर्यादापालक जवान ओम प्रकाश डांगी, कार्यालय सहयोगी कल्पाना विष्ठ लाई नगद सहित सम्मान गरिएको थियो । सोही कार्यक्रममा प्रदेश सभा सचिवालय ले संसदीय मामिला पत्रकार समाजको सहकार्यमा प्रकाशन गरेको प्रदेश सभा दर्पणको विमोचन समेत गरिएको थियो । समारोहमा प्रदेशका मन्त्रीहरु, सचिव, जिल्ला संमन्वय समितिका प्रमुख, सुरक्षा निकायका प्रमुख लगायत प्रदेश मातहतका कार्यलयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।