प्रदेश ५ प्रदेश सभामा भएको गाडी खरिदको अनियमितताका विषयमा छानविन गर्न बनेको उप-समितिले बुधबार आफ्नो प्रतिवेदन सार्वजनिक गर्न सकेन ।
समितिले तयार पारेको प्रतिवेदनमाथी लगातार ३ घण्टा लेखा समितिमा छलफल भएको थियो । संचारक्रमीहरुलाई समेत प्रवेशमा रोक लगाएर भएको छलफलमा प्रदेश सभाका सदस्यहरुले अझै पनि अनुसन्धान गर्नु पर्ने भएको भन्दै लगातार छलफल गर्ने जनाएका छन् ।
छानविन गर्न लेखा समितिले बनाएको उप समितिले अझै सरोकारवालाहरुसंग थप छलफल गर्नु पर्ने जनाएको हो । वैठकपछि संचारक्रमीहरुसंग वोल्दै लेखा समितिका सभापती डिल्ली चौधरीले प्रविदेशन अझै पुर्ण नभएकोले सरोकारवालहरुसंग लगातार गर्ने बताए । –‘गाडि खरिदमा देखिएको घटबड, तथ्याङकमा देखिएको अन्तर लगायतका विषयलाई क्लियर गर्न सोधपुछ गर्नु पर्ने भयो’ सभापती चौधरीले भने –‘अझै निश्कर्षमा पुग्न केहि दिन लाग्ने छ ।’
प्रदेश सभाले गाडि खरिदमा अनियमितता भएको कुरा संचार माध्यमहरुमा आएपछि लेखा समितिले छानविनका लागि चासो राख्दै उप समिति गठन गरेको थियो ।
प्रेदश सभा सदस्य कुल प्रसाद पोखरलेको संयोजकत्वमा गठन भएको छानविन समितिले शुरुमा १० दिन त्यसपछि थपिएको १५ दिन पछि बुधबार प्रतिवेदन लेखा समितिलाई बुझाउने भनिएको थियो । तर उक्त समितिले अझै पनि गाडि उपलव्ध गराउने संस्था तथा अन्य सरोकारवालाहरु संघ सोधपुछ लगायतका काम भने वाकी रहेको भन्दै पछि बुझाएको पूतिवेदनका विषयमा संचारक्रमीहरुलाई सार्वजनिक गरिएको छैन ।
समय थप गरेर तयार पारिएको प्रतिवेदनमाथी लेखा समितिका सदस्यहरुविचमै छलफल भैरहेकाले सार्वजनिक नगरिएको लेखा समितिका सभापती चौधरीले जानकारी दिए । उक्त प्रतिवेदनमाथी बिहबार पनि पुन छलफल हुने बताईएको छ ।
प्रदेश सभा तथा विभिन्न मन्त्रालयले खरिद गरेका ३३ वटा गाडिको २२ करोड भन्दा वढि रकम रहेको छ । तर यसरी किनिएका गाडिको मुल्य भने बजार मुल्य भन्दा फरक फरक रहेको छ । गाडि सिप्रद्धि टेडिङ मार्फत बुटवलको सफल अटो ईन्टरनेशनलले उपलव्ध गराएको थियो । उक्त संस्थामा सत्तारुढ दल नेकपाका प्रमुख सचेतक भुमिश्वर ढकालको लगानी रहेको छ ।
ति गाडी खरिदमा क्रममा ढकाललको प्रतक्क्ष सम्लग्नता र लबिङ रहेको थियो । गाडि खरिदको अनियमितिका कुरा उठेपछि प्रमुख प्रतिपक्षी दलका नेता वलदेव शर्मा , लेखा समितिका सभापती दिल्ली चौधरीले गाडि फिर्ता गरेका छन् ।