राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले भेनेजुएलाका सम्बन्धमा बोलेर नेकपाका अध्यक्ष प्रचण्डले हिम्मत देखाएको बताएका छन्। देश र सरकारको नेतृत्वको पार्टीबाट भेनेजुएलाका सम्बन्धमा अलग-अलग विज्ञप्ति आउनु दुखद भन्दै केसीले पूर्वमाओवादीहरुमा अमेरिकाको सर्वसत्तावादका विषयमा अडानरहेको पनि टिप्पणी गरे। तर, उनले तत्कालिन एमालेको समूह अमेरिकासंग डराएको आरोप लगाए । केसीले व्यंगगर्दै भने,‘एमाले समहु नर नहि लाग्तीए तर धरीधरी काप्ती हे जस्तै भएको छ ।’
प्रगतिशिल पत्रकार संघ रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले भेनेजुएला स्वतन्त्र देश भएकाले अमेरिकाले हस्तक्षेप गर्न नपाउने बताए । उनले नेपालको राष्टियता बलियो बनाउन दलहरु मिल्नुको बिकल्प नरहेको बताए । तर, आफ्नै सरकार ढाल्न भाारत पुग्ने माओवादी नेतृत्व र एमालेहरुको स्वार्थका कारण सत्तारुढ नेकपा विभाजन हुन सक्ने पनि टिप्पणी गरे ।
संघियताले सकंट:
नेता केसीले आम नेपाली जनता र अधिकांश दलहरु संघियता प्रतिको भ्रमका बारेमा स्पष्ट भईसकेको बताए । सघियताबाट केही हुन्छ कि भन्ने भ्रममा रहेका जनता र केही दलहरु छोटो समयमा नै भ्रमबाट मुक्त भएको उनले बताए । अध्यक्ष केसीले संघियता खारेज गरी मुलुकलाई एकात्मक प्रणालीमा लैजानु पर्नेमा जोड दिए ।
उनले भने,हामीले २०६५ सालदेखि नै संघियता चाहिदैन देश टुक्र्याउन पाईदैन भनेका थियौ, संघियता आएको छोटो समयमा संघियता नचाहिएको स्पष्ट भईसक्यो एउटा सरकार चलाउन गाह्रो भईरहेको देशमा ७ वटा प्रदेश सरकार चलाउन सकिदैन यो खारेज गरी एकात्मक प्रणालीमा जानु पर्छ ।’उनले संबिधान सभाबाट संबिधान बनेपछि र ३ तहका सरकार गठन भएपछी जनताले आशा गरेका चाहेका काम हुन नसकेर द्धन्द झन बढेको बताए । उनले सिंहदरबारका अधिकार संगै भ्रष्टाचार पनि गाउँमा पुगेको उल्लेख गर्दै भ्रष्टाचारमा जनप्रतिनिधि नै संमलग्न भएको बताए ।
मेडिकल माफियासंग सरकार झु्कयो:
नेता केसीले सरकारले चिकित्सा विधेयक पारित गरेर मेडिकल माफियासंग सरकार झुकेको बताए । उनले विगतदेखि नै शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिनुपर्ने बताउदै आएको कम्युनिष्ट भन्न रुचाउने अहिलेको सरकारले माफियाकोपक्षमै निर्णय गरेको आरोप लगाए । उनले डा गोबिन्द केसीले उठाएको माग जायज भएपनि माफियाकै जित भएको बताए ।