नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष नैनसिंह महरले राजीनामा दिएका छन्।
पार्टी कार्यालय सानेपामा सोमबार दिउँसो पत्रकार सम्मेलन गरी महरले अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्। महरले पार्टीको केन्द्रीय समितिमा नेविसंघबारे मतमतान्तर देखिएकाले आफूले अध्यक्षबाट राजीनामा दिएको बताए।
उनले महाधिवेशनबाट निर्वाचित भएर आएको व्यक्ति भएकाले महाधिवेशन र स्ववियू निर्वाचन सम्पन्न गर्ने अर्जुन दृष्टि हुँदाहुँदै विधान अनुसार कार्यकाल समाप्त भइसकेको र यसबारे केन्द्रीय समिति विभाजित भएकाले पदमा बस्नुको अर्थ नदेखेर राजीनामा दिने निष्कर्षमा पुगेको बताए।
उनले पार्टी सम्पूर्ण रुपले एक ढिक्का भएर सर्वसत्ताबाद उन्मुख सरकारविरुद्ध संघर्ष गर्ने वातावरण बनेको समयमा नेविसंघको समयावधी थप गर्ने कि नगर्ने विषयमा पार्टी केन्द्रीय समितिमा नेताहरुबचि विवाद हुनु हुँदैन भन्ने कुरामा आफू सचेत भएको राजीनामा पत्रमा उल्लेख गरेका छन्।
पत्रकार सम्मेलनपछि महरले पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामाको पत्र बुझाएका छन्।
हेर्नुस् राजीनामा पत्र: