विधान विपरित कर्मचारीहरु अस्पतालमा राजनीतिक क्रियाकलापमा सक्रिय रहेको भन्दै नागरिक समाजले जनकापुरका जानकी आँखा अस्पतालमा तालाबन्दी गरेका छन् ।
नागरिक समाजका अगुवाहरुले विभित्र माग राख्दै एक महिनाअघि अस्पतालका निर्देशक डा.हेम झालाई बुझाएको ज्ञापन पत्र विषयमा चासो नदेखाएपछि उनीहरुले अस्पतालको प्रशासन शाखामा तालाबन्दी गरेका हुन् । रेडक्रस सोसाइटीमार्फत सञ्चालन हुँदै आइरहेको जानकी आँखा अस्पतालमा दिनहुँ नेपाल तथा भारतीय विरमीको चाप रहने गरेको छ । तर पछिल्लो समय अस्पतालमा राजनीति हावी भएको नागरिक समाजका अगुवाहरुको भनाइ छ ।
चिकित्सकबाहेक प्रशासनिकतर्फ २५ जना कर्मचारीमात्र रहेको जानकी आँखा अस्पतालमा कर्मचारीहरुको दुईवटा युनियन सक्रिय छ । युनियन आवद्ध कर्मचारीहरुले अवकाश पाइसकेका कर्मचारीलाई बर्खास्त गर्नुपर्ने भन्दै आन्दोलन गर्दै आइरहेका छन् । तर, कर्मचारीहरु कामभन्दा बढी राजनीति गर्न केन्द्रीत भएपछि आफूहरुले अघि सारेको मागप्रति सुनवाइ नभएपछि बाध्य भएर तालाबन्दी गरेको नवनीत झाले बताए ।
यस अघिभ नागरिक समाजका अगुवाहरुको एक समूहले बुझाएको ज्ञापन पत्रका मागहरु सम्बोधन हुन बाँकी रहँदै गर्दा फेरीपनि मंगलबार अर्को समूहले एक दर्जन माग राख्दै अस्पतालमा ज्ञापन पत्र बुझाएका छन् ।
ज्ञापन पत्रमा आँखा अस्पतालको कर्मचारी सेवा विनिमयमा राजनैतिक दलको सदस्य सक्रिय सदस्य भइ काम गरेमा त्यस्ता कर्मचारीलाई बर्खास्त गरिने विधानमा उल्लेख छ । तर राजपाका केन्द्रीय सदस्य अजय झा अस्पतालको प्रोजेक्ट अधिकृतको रुपमा कार्यरत छन् । उनीहरुले अस्पतालको ऐनविपरित कार्यरत झालाई तत्काल बर्खास्त गर्न माग गरेका छन् । अस्पतालको नियमविपरित केहि कर्मचारीहरु नीजि क्लिनिक सञ्चालन गरिरहेकोले त्यस्ता कर्मचारीहरुलाई कारबाही गर्न नागरिक समाजले माग गरेको छ ।
नेत्र अधिकृत रुदलप्रसाद साह, वृजकिशो राउत, अरुणकुमा सिंह, ज्ञानेन्द्रप्रसाद विमललगायतका कर्मचारीहरुको नामै किटान गरी अस्पतालको निमयविपरित नीजि क्लिनिक सञ्चालन गर्दै आइरहेकाले कारबाही गर्न ज्ञापन पत्रमा माग गरिएको छ ।
यसैगरी कार्यरत सबै कर्मचारीले पूर्ण रुपमा अस्पताल कार्यसञ्चालन समयमा सेवा प्रदान गर्नुपर्ने व्यवस्था गरिएपनि युनियनका धाक लगाइ मनोमानी, उत्पीडन, मानसिक दबाब दिने कर्मचारीलाई बर्खास्त गर्न उनीहरले माग गरेका छन् ।
कथित युनियनका अध्यक्ष नुतन झा र मनोज तिवारी आफ्नो व्यक्तिगत माग पुरा गर्न दैनिक दबाब दिने कार्य गरिरेहो हुँदा कारबाही गरी बर्खास्त गर्न ज्ञापन पत्रमा माग गरिएको छ । उनीहरुले अस्पताल जस्तो मानवीय सामाजिक संस्थामा गुटउपगुट, युनियन, अचारित्रीक क्रियाकलाप गर्नेमाथि कारबाही, सेवाग्राहीसँग हुने दुव्र्यवहार बन्द गर्न, अस्पतालको सरसफाई, अस्पतालको गुणस्तरीय सेवाको विकासमा ध्यान दिनुपर्ने लगायतका माग समेत अघि सारेका छन् ।