प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेकपाको केन्द्रीय नेतृत्वले सहमति गरेपछि तुरुन्तै प्रदेशको नाम र राजधानीको बिषय टुंगो लाग्ने बताएका छन् ।
प्रदेश सरकार एकबर्ष पूरा गरेको अबसरमा आयोजित समारोहमा बोल्दै उनले उनले आफूले केन्द्रीय नेतृत्वको निर्णय पर्खेर बसेको बताए । ‘केन्द्रमा सहमति भएलगत्तै तुरुन्तै प्रक्रियामा जान्छौँ’, मुख्यमन्त्री पौडेलले भने–‘प्रक्रियाबाटै नाम र राजधानीको टुंगो लाग्नेछ ।’
राजधानी र प्रदेशको नामको टुंगो नलाग्नाले अस्थिरता बढेको भन्दै अब धेरै दिन यस्तो अस्थिरता नरहने दाबी गरे । सरकार संचालनको क्रममा बिपक्षी दल तथा सरकारी संयन्त्रहरु र कर्मचारीहरुबाट राम्रो सहयोग प्राप्त गरेको उनले सुनाए ।
कार्यक्रममा प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँ लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।