२०५६ साल पुस ९ गते काठमाडौंबाट उडेको इण्डियन एयरलाइन्सको आइसी ८१४ विमान अपहरण गरेर अफगानिस्तानको कान्दाहार पु¥याइयो । अपहरणकारीहरुले त्यतिखेर भारतीय जेलमा रहेका तत्कालि हरकत–उल–मुजाहिद्धित (हाल जैस–ए–मोहम्मद) प्रमुख मसुद अजहरसहित ३५ नेताको रिहाईको माग गरेका थिए । ७ दिनसम्मको वार्तापछि अन्ततः भारत अजहरसहित ३ जनालाई रिहा गर्न तयार भयो । र, पुस १६ गते अपहरित यात्रुसहित विमान मुक्त भयो ।
भारत सरकारले रिहा गरेका तिनै अजहर यतिखेर भारतकै लागि टाउको दुखाई बनेका छन् । बिहीबार भारत जम्मु कश्मीरको पुलवामा जिल्लाको अवन्तिपुरामा बिहीबार सीआरपीएफ चढेको गाडीमाथि तिनै अजहरको संगठन जैस ए मोेहम्मदले आक्रमण गर्दा ४० सुरक्षाकर्मीको ज्यान गएको छ ।
अजहरले यतिमात्र नभई विभिन्न समयमा आतंकवादी आक्रमण गर्दै आएका छन् । सन् २००१ मा भारतीय संसद, २००८ मा भएको मुम्बई आक्रमण र २०१६ मा कश्मीरको उरीस्थित सैन्य केन्द्रमा ठूला आक्रमण गरिसकेको छ ।
भारतले अजहर मसुदलाई सुपुर्दगी गर्न माग गर्दै आएपनि प्रमाण अभाव भन्दै अस्विकार गर्दै आएको छ ।