पूर्वराजा ज्ञानेन्द्र शाहले अझै पनि आम नेपालीले प्रजातन्त्रको अनुभूत गर्न नपाएको बताएका छन्।
प्रजातन्त्र दिवसका अवसरमा शुभकामना शन्देश जारी गर्दै उनले देश दौडाहाका क्रममा आफूले नागरिकले प्रजातन्त्रको अनुभुति गर्न नपाएको महसुस गरेको उल्लेख गरेका हुन्।
शाहले जनतामा नैराश्यता, वितृष्णा बढेको र युवा पुस्तामा देश छाड्ने क्रम बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्। ‘देश दर्शनको क्रममा हामीले बोध गरे अनुरुप प्रजातन्त्रको त्यस्तो अनूभुति आम नेपालीमा छैन। आम नागरिकमा राज्यका विभिन्न अंगप्रति नैराश्यता, वितृष्णा र अनभिज्ञता लामो समयसम्म रहिरहनू गम्भिर चिन्ताको विषय बनेको छ,’ पूर्वराजाको विज्ञप्तीमा उल्लेख छ।
पूर्वराजा शाहले देशमा धर्मान्तरको अवस्था विकराल बनेको भन्दै त्यसलाई रोक्न सुझावसमेत दिएका छन्।