प्रधानमन्त्री केपी शर्मा ओलीले देशले लिएको समृद्धिको लक्ष्य पुरा गर्नका लागि कुनै कसर बाँकी नराख्ने बताएका छन्।
६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मूल समारोह समितिका संयोजकको हैसियतले सैनिक मञ्च टुँडीखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
अहिले लोकतान्त्रिक प्रक्रियामा अवरोध सिर्जना गर्ने, विकास निर्माणमा बाधा हाल्ने, वैदेशिक लगानीकर्तालाई निरुत्साहित पार्ने गतिविधि भइरहेको भन्दै यस्ता गितिविधिविरुद्ध सरकार चुप लागेर नबस्ने पनि चेतावनी दिए।
मौलिक विधि अपनाएर नेपालले द्वन्द्व व्यवस्थापन गरेको बताउँदै बाँकी रहेका केही समस्या आफैं हल गर्न सक्ने क्षमता सरकारसँग रहेको पनि उल्लेख गरे।
राजनीतिक स्थायीत्वको काम पुरा भएको बताउँदै अब मुलुकले आर्थिक समृद्धिको आधार तय गर्न लागेको बताए। त्यसका लागि चैतमा गर्न लागिएको लगानी सम्मेलन मार्फत विकास अभियानमा स्वदेशी तथा विदेशीहरुको साथ हुने बताए।